हंस शान्ति आश्रम हेटौंडामा गुरु पूर्णिमा मनाईयो
हेटौंडा । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा हर्ष उल्लासका साथ भव्य रुपमा मनाएको छ ।
गुरु पूर्णिमाको अवसरमा हेटौंडा शाखाको हंस शान्ति आश्रममा आयोजना गरिएको सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी नारायणी अञ्चल प्रमुख महात्मा पितम्बरा वाईजीले जसले गुरुको सानिध्यता लिएर गुरुले देखायको मार्गमा हिँड्छ उसको जीवन सफल र उज्यालो छ। उसले कहिले अन्धकार तिर फर्केर हेर्न नपर्ने र जीवन सफल हुने बताउनुभयो । आत्मा ज्ञान द्वारा ध्यान साधना गरेर आफू भित्रको शक्तिको अनुभव गर्न सके जीवन सफल र शान्ति हुने उँहाले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि माननीय दीपकबहादुर सिहं र विशेष अतिथि हेटौंडा उपमहानगर पालिका वार्ड नम्बर १ का अध्यक्ष समिन न्यौपाले रहनुभएको थियो ।
सत्संगमा माननीय सिह हिन्दु धर्ममा गुरुको महत्व धेरै भयको हुँदा गुरुको मार्ग निर्देशनमा हिडे जीवन सफल हुने र यस्तो कार्यक्रम संचालन हुँदा हाम्रो धर्म सस्कृतिको जगेर्णा हुने बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले यस्तो कार्यक्रममा आउन पाउँदा आफू अत्यन्तै खुशी भएको र धर्मिक क्षेत्र भएकाले यस सस्थालाइ सहयोग गरिरहेको र फेरि पनि सहयोग गर्ने बताउनुभयो ।
देशभरी आयोजना भएका सत्संग कार्यक्रममा आत्मानुभवी सन्त महात्माहरुले सत्संग तथा प्रवचन सुनाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरु नृत्य, नाटक, भजनहरु पनि प्रस्तुत भएका थिए ।
समितिले गुरुपूजाको अवसर पारेर देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरु स्वास्थ्य शिविर, सरसफाईलगायतका कार्यहरु पनि सम्पन्न गरेको छ ।

बाइलाइन नेपाल











