कुमारलाई विदेश होइन, स्वदेशमै सम्भावना
रसुवाको उत्तरगया–५ बेत्रावतीकाकुमार डंगोलको जीवन केहीवर्षअगाडिसम्म सामान्यथियो। उनी एउटा मध्यमवर्गीय परिवारका सदस्य, जसलाई भविष्यको कुनै ठोस योजनाथिएन। तर, समयले उनलाई संघर्ष र मेहनतका माध्यमबाट सफलउद्यमीबनायो। आजउनीगाउँमै स्थापितव्यवसायीका रूपमा चिनिन्छन्।
पाँचवर्षअघि, कुमारले इलेक्टोनिक्स मर्मतसम्भारको कामसिके। सीप त थियो, तर काम सुरु गर्ने हिम्मत जुटाउन सकेका थिएनन्। धेरैजसो युवाहरूझैँ उनले पनिविदेश जाने सोच बनाए। यो कुरा उनले परिवारसँग सल्लाह गरे। तर परिवारले विदेशजाने खर्च र जोखिमका कारण उनलाई गाउँमै व्यवसायथाल्न सुझावदियो।
परिवारका सदस्यहरूले भने, “तिमीले इलेक्टोनिक्सको सीप सिकेको छौ। गाउँमै पसलखोल भने तिमीलाई सफलहुन कसैले रोक्दैन।“ यो सुझावले कुमारलाई गम्भीर बनायो। उनीविदेशजाने सोच त्यागेर व्यवसाय सुरु गर्ने योजनामालागे।परिवारले सहकारी मार्फत ऋण खोजेर उनलाई २ लाख रुपैयाँउपलब्ध गरायो। यो रकमले उनले सानो मोबाइल मर्मत केन्द्र खोले। सुरुमाकाम सजिलो थिएन। ग्राहकको विश्वास जित्न र व्यवसायलाई चलायमानबनाउन धेरै मेहनत गर्नुप¥यो। कुमार भन्छन्, “सुरुमा सानो लगानीथियो। व्यवसायलाई कसरी ठूलो बनाउने सोच्थे।“
पसलचलेपछि कुमारले व्यापार विस्तार गर्ने योजनाबनाए। थपपूँजी जुटाउन उनले गाउँमै रहेको जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट ३ लाख ६० हजार रुपैयाँ ऋण लिए। यस रकमले उनले आफ्नो पसललाई आधुनिकबनाउँदै मोबाइल, अन्य इलेक्ट्रोनिक सामानहरू बिक्री र मर्मत गर्न थाले।
आजकुमारको पसलले दैनिक १० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्छ। सहकारीबाट लिएको ऋण तिरिसकेका छन्, र अहिले उनी सहकारीमा दैनिक २०० देखि १००० रुपैयाँसम्म बचत गर्छन्। कुमार भन्छन्, “सहकारीले मलाई ऋण मात्रदिएन, आत्मविश्वास पनिदियो। अहिले म आर्थिक रूपमाआत्मनिर्भर महसुस गर्दैछु।“
विदेशजानु भनेको मात्रविकल्पहोइन भन्ने कुराको उत्कृष्ट उदाहरण बनेका छन् कुमार। उनी भन्छन्, “गाउँमै बसेर कामगर्नेहो भने पनि ठूलो कुरा गर्न सकिन्छ। मेहनतर सहीअवसरले जीवनबदल्न सक्छ। विदेशगएको भए, सायद यो सफलताकहिल्यै प्राप्तहुने थिएन।“

बाइलाइन नेपाल











