सहकारीसँगसँगै कृष्ण फर्निचरको सहकार्य
भक्तपुरको राधेराधेमा कृष्ण फर्निचर उद्योग खोलेर कृष्णराम काछुलाले फर्निचरका सामग्रीउत्पादनमात्रनभई थोक तथाखुद्राबिक्रिगर्दै आएका छन् । आजभन्दा २२ वर्ष पहिले देखि नै फर्निचर क्षेत्रमालागेका काछुला निरन्तर यसैमा आवद्ध छन् । अहिलेको एसईई त्यसबेलाको एसएलसी परीक्षापछि पढाईसँग सँगै फर्निचर लाइनमा भविष्य बनाएका काछुला कृष्ण फर्निचरका सञ्चालकहुन् । ५–६ वर्ष अरुको कारखानामा सिप सिक्दै श्रम गरेका काछुलालाई आफ्नो र परिवारको आवश्यकताहरु यसै व्यवसायबाट परिपूर्ति भइरहदा यस पेसाप्रति उनीपूर्ण रुपमा संतुष्ट छन् ।
बुट्टेदार काष्ठकला बाहेक आजभोलीका मोर्डन फर्निचरका सामग्री हेर्नेबितिकै आफ्नै कारखानामा बनाउन सक्नेभएपछि ग्राहकको आवश्यकता अनुसार उनीफर्निचर बनाउन र बेच्न व्यष्ट छन् । आफू कारखानाको मालिक जस्तो नभई कामदारकै हैसियतमाअन्य ५।६ जनाज्यामीलाई पनि सँगसँगै फर्निचर उत्पादनमा जुटि रहेका काछुलालाई फर्निचर उत्पादनकालागिजनशक्ति परिचालन, कच्चा सामग्री जोह गर्न, डिजाईन गर्न, सामान बनाउनअनिबजार व्यवस्थापनमात्रनभई पैसा उठाउने कार्यमाखुदआफै सक्रिय भरहँदाकहिले काहीआफै मालिकहुनु भन्दाकामदारको रुपमाकामगर्दै आएको भए राम्रो लाथ्यो । यस्तो बेलाउनलाई सहकारीको मनकारी भवनाले सहजबनाउने गरेको बताउँछन् । भनेको बेला ऋण दिन्छ, कमाएको पैसा पनि बचत गरिदिन्छ । आवश्यकताहरुको परिपूर्ति सहकारी संघ संस्थाहरुबाट जुटिरहेको छ, उनी बताउँछन् । यसैले पनिव्यवसायप्रवर्धनमा सहजता छ ।
आजभन्दा १५ वर्ष अगाडी कामदारबाट मालिक बन्न धेरै सोचखोज गर्नु परेका काछुलाले सहकारीबाटै ऋण लिएर परिवारको सहयोगमा कृष्ण फर्निचर खोलेका थिए । पढाईसँगै जीवनमा केही गरौ भन्ने सोचले फर्निचर क्षेत्रमा छिरेका काछुला अहिले सम्झनछन्,् उहिले५०–६० हजार पूँजीपनिगाह्रो हुने गरी फर्निचर कारखानाखोल्याथियो अहिले भए त्यति पैसाले कहाँ सकिनु । अहिले त उनको २५–३० लाखको सामाननै छ ।
सहकारीकाकर्मचारी दैनिकउनको कारखानामा कारोवार गर्न आउछन् । ब्यापार भएको दुईचार हजार जम्मापनि गर्छन् । अनिचाहिएको बेला सापतपनि लिन्छन् । केहीझमेला छैन, उनलाई सहकारीसँग कारोवार गर्न । नियमित कारोवारकै विश्वासमा २–४ लाख पैसा लिनदिन सकिने गरी २–४ वटा सहकारीमाउनको नियमित कारोबार हुन्छ । अन्य सहकारीसँगनियमति कारोबार भएपनि ऋण चाहिलिने गरेको छैन ।सबैसँग ऋण लिनु हुदैन उनी भन्छन् ।विश्वासको आधारमा २–३ वटा सहकारीसँगमात्र कारोबार गर्दा उनलाई पर्यापत भएको बताउँछन् । बैंकसँग कारोबार गर्न झनझतलाग्ने भन्दै उनले आफ्नो व्यवसायप्रवर्धनकालागिआर्थिक कारोबार गर्न सहकारी संघ संस्था नै ठिक लाग्छ ।
२०७२ सालको विनासकारी भूकम्पपछि व्यवसाय राम्रो फस्ताएको महसुस गरेका काछुलालाई पनि कोरोनासँगै मन्दिले छोएको छ । आफूलाई मात्रहोइन सबै तिर मन्दीको प्रभावभएपनिजीविकाचलाउन र कामदारहरुलाई तलवदिनकहिल्यै कच्युसाई गर्नु परेको छैन । यद्यपीपहिला जस्तो कामको चाप घत्दा भने उनको मन कहिलेकाही बेचेन हुन्छ । नियमितव्यापारमाभन्दाउनको ध्यानअहिले विभिन्नअफिस, कार्यालयहरुले विदेशीमहंगामहंगाफर्निचर झिकाउने गरेकोमा छ । स्वरोजगारमूलक स्थानीयफर्निचरहरुलाई व्यवास्था गरेको देख्दाउनको चित्तदुख्ने गरेको उल्लेख गर्दै उनी भन्छन् हामीलाई नै यस्तो खालको फर्निचर चाहियो भनेको भए त हामीआफै भनेजस्तो डिजाईनकाफर्निचार बनाई दिन्छौ नि त, विदेशबाट महंगोमामगाउनै पर्दैनथ्यो । फरक यति छ कि बजारबाट किन्दा पैसा तिर्ने बितिकै किन सकिने होला, हामी कहाँ किन्नु पहिला नमूदा देखाएर अडर गर्नुपर्छ, त्यसपछी हामी बनाइदिन्छौ,ं केही समय लाग्नु स्वभाविकहो । यस्तो धर्यताग्राहकहरुमा देखिदैन । जस्ले गर्दा इन्डियन फर्निचर बढी बजारमाबिक्ने गर्छ । आर्थिक मन्दिमा स्वदेशीउत्पादन बढाउन जोड दिनुपर्ने उहाँको धारणा छ । यस्तो बेलाविदेशबाट आयात गर्न आवश्यकथिएन । घर घर कोठा कोठामा सजिने विभिन्न डिजाइनका डराज, खात सहितअन्यफर्निचरका सामग्रीअदर अनुसार उपलब्ध गराउन सकिन्छ । अचेलमानिसहरुफाइभर, फलाम, स्थिलका फर्निचरहरु उपयोग गर्छन् । त्यसमध्ये काठको बढी तिकाउँहुने उनको भनाई छ ।बुझ्नेहरुले काठकै बढी प्रयोग गर्छन् ।बलियो फर्निचर अलिमहंगोमा बिक्छ । आफ्नै कारखानाबाट तयार भएका सोफा, मेच टेबुलहरु हेर्दा विदेशी कारखानाबाट ल्याए जस्तो देखिन्छ । आफ्नो मेहनत र सिपएवं कामदार भाईहरुको सहयोगले उनलाई थप सहजताभएको छ । कुनै दिनविदामा बस्नुपर्दा, घुम्न जाँदातिनै कामदार भाईहरुले कारखानाको काम सम्हालिदिने गर्छन् । आफ्नो एक्लो छोरोलाई पनि यसै पेसाको कमाईबाट काठमाण्ठौका एक प्रतिष्ठित कलेजमाउच्चशिक्षादिलाइ रहेका छन् । आफ्नो पालामा जस्तो पढाईसँग भविष्यखोज्न उनले बाध्यपार्नु परेको छैन ।

जीवनमा अरु विकल्पनखोजी यसै पेसालाई निरन्तरतादिनचाहने कृष्णराम काछुला आफ्नो व्यवसायलाई अझ फराकिलो बनाउनचाहेको बताउँछन् । फर्निचर कारखानासँगै बिक्रिकक्षपनिबहालमा राखेर आफ्नो फर्निचर व्यवसायलाई प्रवर्धन गर्दै आउँदाकमव्याजदरमाआवश्यक ऋण लिने व्यवस्थाभएको भए कस्तो राम्रो हुन्थ्यो उनीभन्छन् । हामी जस्तो स्वरोजगारमूलककार्य गर्ने पेसाकर्मीहरुलाई प्रोत्साहित गर्ने हिसावमा सहुलियत दरको ऋण दिने व्यवस्था गर्नुपर्छ । अरुले नदिएपनि समुदायमाआधारित सहकारी संघ संस्थाहरुले भएपनि यस्तो ऋणको व्यवस्था गर्न आवश्यक रहेको उहाँको भनाई छ । फर्निचर कारखानाले रोजगारी दिने, स्थानीयकच्चा सामग्री बढी प्रयोग हुने, विदेशबाट फार्निचरका सामग्रीझिकाउननपर्ने गरी घर अफिसहरुलाई पनिआवश्यकताअनुसार सजाउन सकिने भएकाले यस पेसामालागेकाहरुको सिपविकास र प्रविधिमैत्रीव्यवसायप्रर्वधनआजको आवश्यकताभएको काछुलाले महसुस गरेका छन् ।
बजारको अस्वस्थ प्रतिस्पर्धाका बाबजुत गुणस्तरीय सेवादिएर आफ्नो छवि बनाउन सफल कृष्ण फर्निचर राधेराधेले श्रमलाई बढी महत्व दिन्छन् । मेहनत गरे सफलतापाउने विश्वास गर्छन् । अलि बढी लगानी गरेर आएकग्राहकहरु फर्कन नपर्ने गरी आफ्ना उत्पादनहरुलाई शोरुपमा सजाउनउनी चाहन्छन् । यसकोलागिलगानीपनि बढाउनु पर्छ । ठाउँ पनिअलिव्यवस्थित गर्नुपर्छ । सहकारी संस्थाबाट आवश्यक कारोबारको वातावरण बनाउन सकिन्छ । यसै फर्निचरबाट कयौं सहकारीकाकार्यालयहरु पनिउनले बैक जस्तै फर्निचर र फर्निसिङले सजाई दिएका छन् । फर्निचर पसलमाअचेल फर्निसिङका सामग्रीहरु प्निबिक्ने गरेका छन् ।

बाइलाइन नेपाल











