कान्तिलोकपथमा आजबाट १५ दिन सवारी ठप्प
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डमा आज बैशाख १८ गतेबाट सवारी आवागमन बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
ठिङ्गन–बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्तिलोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने उल्लेख छ।
आज वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख छ।
सडक बन्द हुने अवधिमा काठमाडौँ–हेटौडा वा हेटौँडा–काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ।

बाइलाइन नेपाल











