संस्कृत गुुरुकुलमलाई ५० हजारसहित सम्मान

बाइलाइन नेपाल
२२ चैत्र २०८१, शनिबार १९:३८

हेटौंडा । रुद्रप्रसाद–विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोष हेटौँडा मकवानपुरले वैदिक संस्कृत गुरुकुलमलाई सम्मानित गरेको छ । शनिबार आयोजित कार्यक्रममा हेटौँडा–१८ ठूलो दमारमा रहेको गुरुकुलमलाई कोषले नगद ५० हजार नगदसहित सम्मानित गरेको हो ।

१८ जना विद्यार्थीले अध्ययन गरिरहेको गुरुकुलमलाई आर्थिक सहयोग गर्ने उद्देश्यले नगदसहित सम्मान गरिएको कोषले जनाएको छ । कार्यक्रममा सम्मानका साथै रचना वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक पदमबहादुर ढुङ्गाना रहेका थिए ।

कार्यक्रममा विशेष अतिथि वैदिक संस्कृत गुुरुकुुलमका संयोजक हर्क रम्तेल, समाजसेवी सिताराम बतौँला आश्रमका उपाध्यक्ष केशवराज पण्डित, जेष्ठ नागरिक सम्मान वृद्राश्रमका मूल संरक्षक जीवन कालिकोटे रुद्रप्रसाद विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोष हेटौँडाका सहसंरक्षिका सुुधा पौडेल रुद्रप्रसाद विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोष हेटौँडाका आजिवन सदस्य बिमला रिजाल हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने, साहित्यकार देवराज खरेलको आतिथ्यता रहेको थियो ।

रुद्रप्रसाद विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोष हेटौँडाका सचिव कल्पना पाण्डे रिजालले उपस्थितलाई स्वागत तथा कार्यक्रममाथि प्रकाश पारेकी थिइन् भने रुद्रप्रसादकी छोरी बिमला रिजालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा स्वस्ती वाचन र शङ्ख ध्वनि गरेर कार्यक्रममको उद्घाटन गरिएको थियो । स्वस्तिका दाहाल र राजकुमार लामिछानेले कविता वाचन गरेका थिए । देवराज खरेल बासुदेव रिजाल स्मृति प्रतिष्ठानकी उपाध्यक्ष अञ्जना उपाध्यक्ष विमला रिजालले शुभकामना मन्तव्य गरेको कार्यक्रमको सहजीकरण साहित्यकार अनिता न्यौपानेले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*