माछा मार्दा करेन्ट लागेर मनहरीमा युवकको निधन

बाइलाइन नेपाल
१ चैत्र २०८१, शनिबार १३:०२

हेटौँडा । मकवानपुरको मनहरीस्थित लोथर खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको निधन भएको छ ।

मकवानपुर कैलाश गाउँपालिकाका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । लोथर खोला दोभानमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार मृत्यु भएको थियो ।

मृत्युको कारण प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा विद्युतको तार जोडेर करेन्ट लगाएर माछा मार्न लाग्दा करेन्ट लागेर घाइते भएको खुलेको हो ।सुरुमा छिमेकी र आफन्तले मोबाइल चार्ज गर्न लाग्दा मोक्तानलाई करेन्ट लागेको भनेर प्रहरीलाई जानकारी गराएका थिए।

मनहरी प्रहरीले अनुसन्धान गर्ने क्रममा आफू बस्ने घरमा विद्युतको तार जोडेर खोलामा माछा मार्न लाग्दा मोक्तानलाई करेन्ट लागेको कुरा खुलेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटा जानकारी दिए । मोक्तान केही समयदेखि मनहरीको नयाँ बस्तीस्थित आफन्तको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*