हेटौंडाका मदन भुजेल सचिवमा बढुवा

बाइलाइन नेपाल
२२ फाल्गुन २०८१, बिहीबार ११:५९

हेटौंडा । हेटौंडाका मदन भुजेलको नेपाल सरकारको सचिव पदमा बढुवा भएक छन् । हेटौंडाको हटियामा जन्मिएका भुजेल हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ चिसापानीमा घर रहेको छ ।

मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत मदन भुजेललाई मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समिति ले भुजेललाई दोस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरेको थियो ।

भुजेल अब मधेश प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहने छन् । मकवानपुरको थाहा नगरपालिकाका रघुराम विष्टको केही महिना अगाडि सचिवमा बढुवा भएका थिए उनिहाल गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*