हेटौंडा–१२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बललाई अघि बढायो
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गो लगाएको छ ।
मंसिर १६ गते हुनलागेको उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्ष पदमा का लागि आशाविर बललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको जनाएको रास्वपा हेटौंडा नगर सभापति ध्रुवबहादुर विष्टले जानकारी दिए ।
उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्बर १ सभापति टाकाराज थापाले दाबी गरे ।
‘यसैअघि नै माओवादी केन्द्रले रविन प्रधान, नेकपा एमालेले राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोनलाई लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।