एकसाता पछि देशभर चिसो बढ्ने सम्भावना

बाइलाइन नेपाल
१७ कार्तिक २०८१, शनिबार १६:०९

हेटौंडा । अब एक सातापछि देशैभर चिसो बढ्ने सम्भावना रहेको जनाइएको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए ।

‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ’कहिले छिटो त कहिले ढिलो गरी चिसो शुरू हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न शुरू हुन्छ ।’

शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो शुरू भएको छ । केहि दिनदेखि घाम नलाग्ने, हल्का पानी पर्ने हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*