मनहरीमा जुवातास खेल्ने ८ जना प्रहरीको फन्दामा
मकवानपुरको मनहरी गाउँपालिकामा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । गएराति करिब १२ बजे मनहरी- ६ भुल्चोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको टोलीले उनीहरूको साथबाट १० बुक तास र ४५ हजार ४ सय ४५ रुपैयाँसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी-६ का ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ५३ वर्षीय गोपीलाल मोक्तान, ४२ वर्षीय अशोक राई, ४० वर्षीय कृष्ण थिङ, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३वर्षीय विष्णु पाख्रिन पक्राउ परेका छन् ।गोपीलाल मोक्तान मनहरी-६ का पूर्ववडाध्यक्ष हुन् ।

बाइलाइन नेपाल











