नेपालका सबै भूभागबाट बाहिरियो मनसुन

बाइलाइन नेपाल
२६ आश्विन २०८१, शनिबार १९:२१

यसवर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० ९जेठ २८ गते० मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति ९अक्टुबर २० भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

यसवर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो ।

पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*