समाजको कार्यक्रममा २२ जनाले दिए रगत
हेटौंडा । नेपाल स्वयमसेवी रक्तदाता समाज मकवानपुरले हरेक तीन महिना गर्ने रक्तदान कार्यक्रम अन्र्तगत सोमबार हेटौंडा उपमहानगरपालिका–१७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लियो क्लबअफ हेटौंडा भुटनदेवी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरसँगको सहकार्यमा रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा ५६ वर्षका छन्दप्रसाद पराजुलीले ३५ औं पटक रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई समाजले प्रमाणपत्र प्रदान गरेको थियो । रक्तदान नेपाल रेडक्रस सोसाइटी मकवानपुरको प्रविधिक सहयोगमा भएको थियो ।
समाजका अध्यक्ष पूर्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको हेटौंडा उपमहानगरपालिका– वडा नम्बर १७ का अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सल्लाहकार भागीरथ शर्मा, मकवानपुरका सभापति विजयकुमार वैद्य, लियो क्लबअफ हेटौंडा भुटनदेवीका अध्यक्ष सफल दुतराजलगायतको आतिथ्यता रहेको थियो । सुन्दर न्यौपानले रगद दिएर सुरु गरिएको कार्यक्रममा सानुुकाजी पाण्डे, अनिता न्यौपाने, सानुकाजी बास्ताकोटीलगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











