हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद

बाइलाइन नेपाल
१३ आश्विन २०८१, आईतवार १३:०५
फाइल तस्वीर

हेटौँडा र काठमाडौँ बिचको सडक सम्पर्क विच्छेद भएको छ । शनिबार आएको बाढी र पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक सम्पर्क टुटेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा काठमाडौँ जोड्ने सबै बाटो बन्द भएको छ । बाढी र पहिरोका कारण छोटो दुरीको कान्ति लोकपथमा आवागमन थप्प छ । कान्ति लोकपथ सडक खण्डको बकैया–१२ घट्टेपाखा, बकैया–११ लाम्राङ, आपचौरमा पहिरोको कारण बाटो बन्द छ भने सोही सडकमा बागमती खोलामा आएको बाढीले भिमफेदी–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली सडक खण्डको ईन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरोध भएको छ । ईन्द्रसरोवर–२ सिमखोला स्थित लच्कामा सिमखोलमा आएको बाढीले सडक कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो सडक खण्डको कुलेखानी जलविद्युत आयोजनाको ड्यामभन्दा तल रहेको सिमखोलाको पुलमा बाढीले क्षति पुगेको छ । जलविद्युत आयोजनाको जलाशयबाट छाडिएको पानीको बहावले पुलको एक स्पान र उत्तरतर्फको बाटो एक सय मिटरभन्दा बढी बगाएको छ ।

हेटौँडा भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत भिमफेदी– ४ रातोमाटे, भिमफेदी–६ ढोकाफेदी, पहिरो खसेर बाटो अवरुद्ध भएको छ । फाखेल हुमाने, चखेल मातातिर्थ सतुङगल सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथ सडक खण्डको थाहा–५ दामन स्थितमा पहिरोको कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ भने कुलेखानी मार्खु भित्री सडक खण्डको इन्द्रसरोवर–१ सिम्लाङ स्थित पहिरोको कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*