थारु महिलाहरुले हेटौंडामा जितिया पर्व भव्यताका साथ मनाए

बाइलाइन नेपाल
११ आश्विन २०८१, शुक्रबार ०७:३४

हेटौंडा । थारु महिलाहरुको महानपर्व जितिया भव्य रुपमा मनाएका छन् । तिन दिन देखि उपवास बसेका उनिहरुले बिहीबार हेटौंडाको फरेष्ट्री क्याम्पसमा औपचारिक कार्यक्रम गर्दै १५ औं जितिया पर्वको समापन गरेका हुन् ।

थारु महिला सभाको आयोजनामा भएकोे जितिया समापनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले बिभिन्न जातजातीको बसोबास रहेको हेटौंडा उपमहानगरपालिकामा कला र सस्कृतीको जगेर्नाका लागि नगरले काम गरीरहेको बताइन् । भुमि पुत्रको रुपमा मानिने थारु समुदायको सस्कृतीको जगेर्ना गर्न उपमहानगरले भुमिका खेलिरहेको भन्दै अब महिलाहरु आर्थिक रुपमा सबल बन्न जरुरी रहेको बताइन् ।

उनले थारु महिलाहरुमा रहेको सिपलाई आर्थिक रुपमा अघि ल्याउन जरुरी रहेको औल्याइन् । उनले आय आर्जनमा जोडिएर अघि बढ्न सके आफ्नै खुट्टामा उभिने बताबरण तयार हुने बताइन् । महिलाहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न उपमहानगरले कोशेली घर सञ्चालन गरीरहेको भन्दै सिपमा जोडिन सुझाब दिइन् ।

थारु महिला कल्याणकारी सभा मकवानपुरका अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभाकी केन्द्रीय सदस्य जानकी चौधरी, थारु कल्याणकारी सभा मकवानपुरका अध्यक्ष सचिदानन्द चौधरी, सल्लाहकार हरीलाल चौधरी, थारु बिद्यार्थि सभाका सदस्य दिपीका चौधरी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्कृती, भाषा जगेर्नाका लागि थारु बिवाहित महिलाहरुले जितिया पर्व मनाउर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*