महाराजको जन्मोत्सवमा हटौंडामा रक्तदान
हेटौंडा । मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना भएको छ । नेपाल मानव धर्म सेवा समिति हेटौंडा शाखाको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
मानव धर्म सेवा समिति हेटौंडा आश्रमका प्रभारी पुनित वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालको प्रमुख आतिथ्यता रहेको थियो । मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवको अवसरमा पुण्यको काम रक्तदानको आयोजना गरिएको हेटौंडा आश्रम प्रमुख पुनित वाइजीको भनाई थियो ।
आगामी दिनमा पनि धार्मिकसँगै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए । प्रमुख अतिथि दाहालले धार्मिक संस्थाले सामाजिक कार्यलाई पनि सँगसँगै अघि बढाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा मानव धर्म सेवा समिति पदाधिकारीसहित विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको समितिका मिडिया विभाग प्रमुख आशिष बर्तौलाले जानकारी दिए । समितिले विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ ।

बाइलाइन नेपाल











