पर्वलाई सभ्यताका साथ मनाऔंः नगरप्रमुख लामा

बाइलाइन नेपाल
१४ भाद्र २०८१, शुक्रबार ०७:००

हेटौंडा । महिलाहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा हेटौंडा उपमहानगरपालिका १६ मा महिला हिंसा विरुद्धको तिज बिषेश कार्यक्रम सञ्चालन भएको छ ।

महिला जागरण समुहको आयोजना तथा १६ नम्बर वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले पर्वलाई उत्ताउलो नबनाउन आग्रह गर्दै सभ्यताका साथ सिर्जनात्मक रुपमा मनाउन गरिन् । उनले महिला अधिकारका कुरालाई अघि बढाउँदै पर्व बनाउने र आफु अव्बल बन्ने तर्फ ध्यान दिन सुझाव दिइन् । महिलाहरुलाई अघि बढाउँनका लागि उपमहानगरपालिकाले बिभिन्न कार्यक्रमहरु अभि बढाइको बताइन् । आर्य आर्जनका काममा जोडिएर आर्थिक रुपमा सबल बन्ने तर्फ ध्यान दिन आग्रह गरिन् ।

महिला जागरण समुहका अध्यक्ष खिलमाया कटुवालको अध्यक्षतामा भएको कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१६का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य संगिता बिश्वकर्मा, हेटौंडा १७ का वडा सदस्य नवराज न्यौपाने, हेटौंडा १६ का सचिब दुर्गाप्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*