सरस्वती मनकामना टोलविकासमा गोले

बाइलाइन नेपाल
१० भाद्र २०८१, सोमबार ०७:२३

हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडा स्थित सरस्वती मनकामना टोलबिकास संस्थाको अध्यक्ष पदमा रोशन गोले निर्वाचित भएका छन् ।

गोपी राम बल र गोले बिचमा प्रतिस्पर्धा हुँदा गोलेले ५० मत पाएर निर्वाचित भएका हुन् भने बलले २५ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा रिता कोइराला , सचिवमा कृष्ण सारु मगर , सहसचिवमा अञ्जु थापा , कोषाध्यक्षमा मुरली कुमार कार्की भने निर्बिरोध निर्वाचित भएका हुन ।

अध्यक्ष पदको लागि मात्र प्रतिस्पर्धा भएको थियोे । यस्तै निर्बिरोध निर्वाचित हुने सदस्यहरु सिभराम थिङ्ग , रन्जु कोइराला , सनुमाया गोले , रिता पाखृन छन् ।

कार्यक्रममा हेटौंडा ३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने टोलबिकास संस्था नगर समन्वय समिति का उपमहासचिव देवकुमार श्रेष्ठ , वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतकाको आतिथ्यतारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*