काग्रेस नेता दाहालले किने महाविर पुनका एक सय पुस्तक
हेटौंडा। राष्ट्रिय आबिश्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्य सहित नेपाली काग्रेस मकवानपुरका नेता प्रभात दाहाले महाबिर पुनका एक सय पुस्तक खरिद गरेका छन् । बिरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उदेश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनःको १ सय थान पुस्तक दाहालले खरिद गरेका हुन् ।
७५० रुपियाँ नेपाली मुल्य रहेको पुस्तक बिभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तीलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताए । यसै आफ्नो व्यक्तीगत खर्चलाई कटाएर नेपालमै केही गरौं भन्ने युवापंक्तीलाई अध्यनका लागि दिने सोच रहेको उनले बताए । नेपाल र नेपालिका लागि केही गर्छु भन्दै देश भर हिरीरहेका पुनलाई हाम्रो तर्फबाट पनि हौसला दिनु पर्ने सोच सहित करिब ७५ हजार रुपियाँको लागतमा पुस्तक गरीद गरेको नेता दाहालले बताए ।
किताब किनेर बाढ्ने भन्ने होइन यसका बिषय बस्तु राष्ट्रका लागि बैज्ञानिक पुनले गरेको योगदानबाट यहाँका युवा पुस्ताले केही सिक्न जरुरी छ, त्यो शिकाई पुस्तकबाट हुने बिश्वास आफुमा रहेको नेता दाहालले बताए ।
किताब खरिद गरेका दाहाललाई पुस्तक हस्तान्तरण गर्दै युवा पंक्तिमा यो खालको सोच हुन जरुरी रहेको बताए । सरकारले २०४९ सालमा बन्द गरेको कृषि औजार कारखानामा आबिष्कार केन्द्रको १ करोड रुपियाँ मर्मतको क्रममा फसीसकेको छ त्यहाँबाट नेपालि माटो सुहाँउदो कृषि औजार उत्पादलाइ अघि बढाउनका लागि पुस्तक बिक्री अभियान थालेको बैज्ञानिक पुनले बताए ।
मर्मतको जिम्मेवारी दिएर काम गरियो केन्द्रको १ करोड सरकारले दिने सम्भावना नदेखेपनि हामि आफै कारखाना सञ्चालनको क्रममा होमिएको उनले बताए । देशभर देखिएको म र मेरो काम प्रतिको हौसलाले करिब २० करोड रुपियाँ कारखाना सञ्चालनका लागि संकलन हुने अपेक्षा आफुले गरेको उनले बताए ।

बाइलाइन नेपाल











