हेटौंडाको आकर्षण ब्युटीपार्लर २० वर्षमा प्रवेश
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको आकर्षण ब्युटीपार्लर एण्ड ट्रेडिङ सेन्टर २० वर्षमा प्रवेश गरेको छ ।
ब्युटी एकेडेमी समेत सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेको आकर्षण ब्युटीपार्लरले शनिबार २० औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । २० वर्ष प्रवेशको अवसरमा आयोजना गरेको कार्यक्रम आकर्षण ब्युटीपार्लर एण्ड ट्रेडिङ सेन्टरकी सञ्चालिका अस्मिता श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका हिमप्रसाद पौडेल, पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा सौर्दन्यकर्मी संघका केन्द्र, प्रदेश, जिल्ला तहका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आकर्षण ब्युटीपार्लरमा विभिन्न तहमा रहेर सीप सिकिसकेकाहरुलाई प्रमुख अतिथि जोशी र विशिष्ट अतिथि अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा ब्युटीसियन कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुको परिचयात्मक कार्यक्रमसहित उनिहरुलाई हौसला प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले हरेक क्षेत्रमा चुनौती र अवसर दुवै रहेकाले लगनशिल भएर आफ्नो पेशमा तथा काममा लाग्नुपर्ने बताए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गतवर्षबाट व्युटीसियन कोर्ष सुरु गरेको र विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गरे । उनले उक्त कोर्ष आकर्षण ब्युटीपार्लरकी सञ्चालिका अस्मिता श्रेष्ठले नै अध्यापन गराउँदै आएको बताए ।
हेटौंडा उपमहानरपालिकाका उद्योग तथा वातावरण विभाग प्रमुख हिमप्राद पौडेलले नगरपालिकाले सबैलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सीपहरुको सदुपयोग गर्न आग्रह गरे ।
पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारीले महिलाहरु आत्मनिर्भर भएमात्र महिला सशक्तिकरण हुने भन्दै पहिला आर्थिक रुपमा सक्षम हुन सीप सिक्न जरुरी रहेको बताए ।
कार्यक्रममा आकर्षण ब्युटीपार्लरकी सञ्चालिका अस्मिता श्रेष्ठले सिकेको सीपलाई सदुुपयोग गर्दै सबल बन्न सबैलाई आग्रह गरिन् । काम गर्दा विभिन्न आरोहअवरोहहरुको सामना गर्नुपर्ने उल्लेख गर्दै ति आरोहअवरोहलाई पार गरे मात्रै सफलतामा पुुग्ने बताईन् । उनले सबैको सहयोगले गर्दा आकर्षणले एउटा उचाई कायम गरेको भन्दै सबैको साथ, सहयोग र सल्लाहमा अघि बढ्ने बताईन् । उनले सबै मिलेर यो क्षेत्रलाई अझ मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । कार्यक्रममा गीत, नृत्य गायन तथा कविता वाचन समेत भएको थियो ।

बाइलाइन नेपाल











