सामुदायिक विद्यालय र विद्यार्थीलाई समितिको सम्मान
हेटौंडा– २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नजितासहित उर्तिण हुने हेटौंडा उपमहानगरपालिकामा रहेका समुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
नगर स्तरीय शैक्षिक समन्वय समितिले हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्य एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने ८ विद्यालय सहित ६६ विद्यार्थिलाई सम्मान गरेको हो ।
नगरभित्र रहेका समुदायिक विद्यालयमा अध्यापन गरी एसईई परीक्षामा ३.६ जिपीए ल्याउने सिद्धार्थ, आधुनिक, भुटनदेवि, प्रगति, महेन्द्रकिरण, जनप्रिय, बंशगोपाल माध्यमिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मानित गरेकी हुन् ।
विद्यालय र विद्यार्थिलाई सम्मानीत गर्दै नगर प्रमुख लामाले शिक्षा प्रणालिमा सुधार गर्न जरुरी रहेको बताइन् । उनले अब हामिले शिक्षामा सुधार गर्दै प्राबिधिक शिक्षमा जोड दिन जरुरी रहेको बताइन् । शैक्षिक सुधारका कार्यक्रम ल्याउनका लागि उपमहानगरपालिका तयार रहेको भन्दै शिक्षकहरुपनि त्यसमा हातेमालो गर्न तयार हुनुपर्ने बताइन् ।
नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईँटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् समाजिक विकास समितिका संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष वसन्त राई, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल र अभिभाबक फुर्वा आलेमगर लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
समन्यव समितिले नगरमा रहेका समुदायीक विद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परिक्षका लागि प्रश्नपत्र तयार पार्ने गर्दछ । प्रश्नपत्र तयार बापत आधारभुत तहमा ३० रुपियाँ र निम्नमाध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।