रिटर्नी सेन्टर नेपाल थाहानगर अध्यक्षमा विष्ट

बाइलाइन नेपाल
२२ असार २०८१, शुक्रबार ०९:३२

मकवानपुर/वैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुको संगठन रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्ष पदमा बिमल विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । रिटर्नी सेन्टर नेपाल नेकपा माओवादी केन्द्र निकट संगठन हो ।

थाहा नगरको बिकासघरमा भएको प्रथम नगर सम्मेलनले विष्टको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा गंगालाल गोपाली, केशव ढकाल, प्रकाश सिलवाल, रुपलाल बलामी, रत्न मोक्तान रहेकाछन् ।

त्यस्तै सचिवमा दिपेश केसी, कोषाध्यक्षमा मनिषा भुजेल, सहसचिवमा नरेन्द्र घलान र बिष्णु बहादुर गोपाली चयन भएकाछन् । कमिटीको सदस्यहरुमा बिश्व प्रधान, सुजन तामाङ, माया लामा, रामचन्द्र स्याङतान, दिनेश तामाङ, नेबेन्द्र कार्की लगायत रहेकाछन् ।

सम्मेलन आयोजक समिति संयोजक सुजन लामाको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीबसदस्य इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा रिटर्नी सेन्टर बागमती प्रदेश कमिटी सदस्य यादवजंग रायमाझी, नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामा, सचिव लक्ष्मण बिष्ट, नेपाल तामाङ घेदुङ संघ थाहा नगर अध्यक्ष दिपेन्द्रकुमार थिङ, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ, थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नेपाल दलित मुक्ति मोर्चाका बागमती प्रदेश कमिटी सचिव जमिन दियाली, प्रेस सेन्टर नेपाल थाहा नगर अध्यक्ष शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*