जन्मदिनमा प्रधानाध्यापकद्वारा छात्रवृत्ति कोष स्थापना

बाइलाइन नेपाल
२२ असार २०८१, शुक्रबार ०९:२६

मकवानपुर/मकवानपुर जिल्ला थाहा नगरपालिकाको अग्रणी बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रवृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेकाछन् ।

प्रधानाध्यापक कार्कीले  आफ्नो जन्मदिनको अवसर पारेर आफैले अध्ययापन गर्ने बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयमा उक्त छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक कार्कीले बिद्यालयलाई समाज परिवर्तनको लागि सकारात्मक परिवर्तन गर्ने चहाना भएको तर आर्थिक अभावले उक्त चाहना पूरा गर्न असमर्थ भएकाहरुको लागि बीउ पुँजीको रुपमा र आगामी दिनहरुमा मनका धनीहरुको सग्रह गर्दै नहुनेहरुको क्षमता वृद्धि अवसरको स्थल बनाउने उद्देश्यका साथ आफ्ना पिता स्व. कृष्णबहादुर कार्की र माता स्व. ताराकुमारी कार्कीको स्मृतिमा ‘कृष्णतारा बिपन्न एवम् जेहन्दार छात्रवृत्ति कोष’ स्थापना गर्ने घोषणा गरेको बताए ।

अक्षयकोषमा आगामी वर्षपनि रकम थप गरी एक लाख पु¥याउने र सबै सहयोगी मनहरुलाई छात्रबृत्ति कोष स्थापनागर्न अनुरोध गर्दै थाहा नगरमा विज्ञान तथा प्रबिधि र साधारण तर्फ उत्कृष्ट हुने बिद्यार्थीहरुका साथै आर्थिक समस्याका कारण विद्यालयको पहुँचमा पुग्न कठिन भएकाहरुलाई छात्रबृत्ति कोष सहयोगी हुने प्रधानाध्यापक कार्कीले बताए ।

जनकल्याण माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थी एवम् २०४० सालदेखि हालसम्म यसै बिद्यालयमा शिक्षण कार्यमा रहेका कार्की २०५७ सालदेखि प्रधानाध्यपकको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रधानाध्यापक कार्की अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष, बिश्व शिक्षक महासंघ, नेपाल समन्वय समिति अध्यक्ष, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पदेन सदस्य समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*