थाहा–७ मा वडा अध्यक्षलाई सदस्यहरुले लगाए यस्तो आरोप

बाइलाइन नेपाल
११ असार २०८१, सोमबार ०९:२०
थाहा नगरपालिकाको नगरसभामा अध्यक्षले बजेटमा मनोमानी गरेको भन्दै विरोध जनाउँदै वडा सदस्य हरिमाया बुलुन ।

थाहा । थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङ्गले आर्थिक वर्ष २०८१÷०८२को वडाको सिलिङ्ग बजेट एकल निर्णयद्वारा विनियोजन गरेको भन्दै वडा सदस्यहरुले नै विरोध गरेका छन् ।

अध्यक्ष थिङले ऐन उलंघन गर्दै वडा सदस्यहरुलाइ समेत थाहा नदिर्इ सुटुक्क बजेट बिनियोजन गरि असार ७ गतेको परिषद्मा बजेट पेश गरेको आरोप वडा सदस्यहरुले लगाएका छन् । आफुहरुले पटकपटक टोल भेला गराइ बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदा पनि बेवास्ता गरि एकल निर्णयले अध्यक्ष थिङले पुर्वाग्राही ढङ्गले बजेट बाडफाड गरि परिषदमा पेश गरेको वडा सदस्य देवेन्द्र मगरले बताए ।

‘अध्यक्षले कुन बेला बजेट छुट्याए त्यो पनि थाहा भएन सिधै परिषदमा विनियोजित बजेट सुन्दा आफू आश्चर्यमा परेको र सो विषयमा परिषद चलिरहेकै बखत आवाज उठाउँदा समेत सुनुवाइ भएन । अझैपनी हामीले नगरका मेयर र उपमेयर समक्ष हामीले कुरा राखिरहेका छौ’ वडा सदस्य हरिमाया बुलुनले बताए ।

सदस्य बुलुनले अध्यक्ष थिङ्गको मनोमानिको निर्णय तुरुन्तै नसच्याए कानुन बमोजिम जाने बताईन् । उनले वडा सदस्यहरुसँग छलफल गरेर विधि र प्रक्रिया अनुसार बजेट बाँडफाँड हुनुपनें बताइन् ।

स्थानीय तह संचालन ऐन २०७४ को दफा १२ को २ को उपदफा १ को क (१) बमोजिम सहभागितामुलक योजना तर्जुमा वस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरि वस्ती तथा टोलस्तरिय योजनाको माग संकलन गरि प्राथमिकिकरणको आधारमा योजना तर्जुमा गर्ने भनी उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*