लागूऔषध दुव्र्यसनलाई रोक्न सरोकारवालाहरु एकजुट

बाइलाइन नेपाल
१ असार २०८१, शुक्रबार २१:३१

हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा लागूअऔषधको समस्यालाई न्यूनीकरण गर्दै लैजानुपर्नेमा बागमती प्रदेशसभाका सदस्यहरुले आज हेटौंडामा आयोजित कार्यक्रममा बताएका छन् ।

जनपत्र मिडियाको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरुको भूमिका विषयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सांसदहरु तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।

लागूऔषधको विकराल समस्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागी बागमती प्रदेशसभाका सांसदहरुले बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दार्जे लामा, प्रदेशसभाका सदस्यहरु भारती पाठक, गिरबहादुर तामाङ, कृष्णप्रसाद सिल्वाल, उर्मिला सुनुवार, विन्दु श्रेष्ठ, शिवराज अधिकारी, हरिप्रभा खड्गी, हरि सापकोटा, प्रेमभक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतकाले यस विषयलाई अब प्रदेशसभामा उठाउने बताए ।

हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसारलाई न्यूनीकरण गर्नका लागि चासो प्रदेश सरकारले कम चासो राखेको बताएका छन् । तीन तहका सरकारले अझ बागमती प्रदेश सरकारले उद्योगि व्यावसायीहरुका भवन निर्माण गर्नका लागि लाखौ बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोग गर्ने र यसको रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले बताए ।

बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागूऔषध विरुद्धको अभियामा सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना रहेको बताईन् । ‘जनचेतनाको काम नै सबैभन्दा महत्वपूर्ण भएकोले यस्तो पुण्यकाममा म आफू पनि सहभागी हुन चाहन्छु । व्यक्तिगत रुपमा र संस्थागत रुपमा अभियानमा लाग्नु जरुरी छ । लागु औषध दुव्र्येसनीमा फसेकाहरुलाई उपचार सँगसँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक छ,’ उनले भनिन् ।

बागमती प्रदेशसभाका सदस्य गिरिबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, समाजिक शिक्षाको कमीले गर्दा लागु औषधको प्रयोग बढेको बताए । दिनदिनै लागूऔषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामको लागि सरकारले के गरिरहेको छ पत्तो नभएको उनले बताए । बागमती प्रदेशसभाका अर्का सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारीक विचलनको कारण लागुऔषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताईन् । यसको नियन्त्रणको लागि कडा भन्दा कडा कानून बनाइनु पर्ने उल्लेख गरिन् ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवा जमातमा लागुऔषध दुव्र्यसनीको सवाल भयावह बन्दै आएको बताए। युवाहरु किन दुव्यसनीमा फस्ने गरेका छन् त्यो कारण खोजेर समाधानमा सरकार लाग्नु पर्छ, युवा परिषद सहकार्यको लागि तयार रहेको बताए ।

कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डा. हरि खड्काले पछिल्लो समय डाक्टरले उपारमा चासो दिन थालेको बताए । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागुऔषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको जानकारी दिए ।

मकवानपुर र चितवनका तीन वटा क्याम्पसका प्राध्यापक तथा विद्याथीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व लागूऔषध दुव्यसनीहरुले सरकारले आफुहरु समाजमा पुनरस्थापित भएपनि कुनैपनि क्षेत्रबाट सहयोग नगरेको बताएका छन् । कार्यक्रममा सहभागी सामाजिक संघसंस्था र क्याम्पसका विद्यार्थीहरुले लागूऔषधका दूव्र्यसनीहरु बढ्दै गएको र यस क्षेत्रमा सरकारले न्यूनीकरणका लागि कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*