गर्मी बढेपछि हेटौंडाका विद्यालय दुईदिन बन्द

बाइलाइन नेपाल
३० जेष्ठ २०८१, बुधबार १९:५९

अत्यधिक गर्मीका कारण हेटौंडाका विद्यालय दुई दिन बन्द हुने भएको छ । गर्मीले पठनपाठन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द हुने निर्णय गरिएको हो ।

बुधबार सूचना जारी गर्दै उपमहानगरपालिकाले नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको जनाएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय वन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकवाट अनुरोध भइ आएकाले वर्षे विदाबाट कट्टी हुनेगरी ३१ र ३२ गते विद्यालय बन्द रहने निर्णय गरिएको सूचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*