मकवानपुरबाट सेढाई गए चिलवाल आए

हेटौंडा । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।
मकवानपुरका प्रजिअ सूूर्यप्रसाद सेढाईको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक सरुवा भएका छन् । गृह मन्त्रालय कार्यरत् रहेका तीर्थराज चिलवाल मकवानपुरको प्रजिअमा सरुवा भएका छन् । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव प्रजिअ बनेका छन् ।