हेटौंडा ९ को अब आफ्नै भवनबाट सेवा

बाइलाइन नेपाल
२९ चैत्र २०८०, बिहीबार ०९:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा ९ को कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । बुधबार नबनिर्मित भवनको उद्घाटनसँगै सेवाग्राहीलाई नयाँ भवनबाट सेवा दिन थालिएको हो ।

नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बाँनियाले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, वडा अध्यक्षहरु हेटौंडा १ का सविन न्योैपाने, हेटौंडा ६ का बिष्णुबहादुर दाहाल, हेटौंडा ८ का रामकृष्ण थापा, हेटौंडा १० का फुर्वा दोर्जे तामाङ, हेटौंडा ११ का जुना दाहाल, हेटौंडा १३ का पेम्वा लामा, हेटौंडा १५ का सुनिल मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

नवनिर्मित भवन सुन्दर भए जसरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउँन नगर प्रमुख लामाले निर्देशन दिइन् । उनले सेवालाई सहज बनाउँनका लगि वढा कार्यालयहरुको भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । अब उपमहानगरका केही वडा कार्यालय निर्माण गर्नुपर्ने आवश्यक छ त्यसलाई पनि बिस्तारै व्यवस्थापन गर्दै जाने उनको भनाई थियो ।

६७ लाख रुपियाँ बजेटमा निर्माण गरिएको कार्यालयबाट सहज सेवा प्रवाह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताए । वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य केन्द्रको लागि भवन आवश्यक भएको अध्यक्ष केसीले जानकारी गराएका थिए । भवनको लागि आवश्यक बजेट आगामि आर्थिक बर्षमा व्यवस्थापन मिलाउन उनले माग गरे ।

केन्द्रका लागि ३५ लाख रुपैया बजेट आवश्यक रहेको उनले बताए । वडा कार्यालय उद्घाटनमा सयममा काम सम्पन्न गर्ने निर्माण व्यवसायी, उत्कृष्ठ कार्यगर्ने टोल बिकास सस्था, उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*