संस्कृति जोगाउन हेटौंडामा ताम्बा संस्कार तालिम

बाइलाइन नेपाल
२९ चैत्र २०८०, बिहीबार ०९:२९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरमा रहेको तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्य सहित ताम्बा सस्कार तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको तामाङ समुदायमा ताम्वा संस्कार

तालिमको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जातिय पहिचान सहित संस्कृति संरक्षणका लागि सञ्चालन गरिएको तालिम तिन दिन सम्म सञ्चालन हुने छ । तालिममा सहभागिलाई तामाङ समुदायले लगाउँने मौलीक पोसाक समेत हस्तान्तरण गरिएको थियो । तालिममा सहभागिले सोहि पोशाक लगाएर ताम्बा तथा डम्फु सेलोको प्रशिक्षण लिने कार्यक्रमका संयोजक ताराबहादुर भोम्जनले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले नगर क्षेत्रमा रहेका बिभिन्न जातजातीको धर्म संस्कृतिको जगेर्ना गर्ने काममा लागेको बताइन् । संस्कृतिको पहिचानले मात्र मानिसलाइै चिनाउँने भन्दै उनले पहिचान मेटाउने काममा लाग्न नहुँने बताइन् । नगरको बिकासका लागि सास्कृतीक पहिचान आवश्यक भएको भन्दै उनले युवा पुस्ताले पहिचानको संरक्षण गर्न जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा हेटौंडा १४ का अध्यक्ष दीपक खड्काले करिब ८५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको क्षेत्रबाट संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताए । उनले संस्कार मुल्यमान्यता जोगाउँदै विकासको गतिमा अघि बढ्न जरुरी रहेको बताए । तामाङ समुदायको पहिचान जोगाउँनका लागि नगर र वडाले काम गरीररहेको भन्दै पछिल्लो समय वडामा ३ वटा गुम्बा निर्माण गरेको जानकारी दिए ।

छोर्वा बोम्बो तथा डम्फु सेलो व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष सार्कीमान हिम्दुङ्को अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना,वडासदस्यहरु वीनाकुमारी थिङ लामा, श्यामकुमार भोलन, १४ नम्बर वडाका सचिव सीताराम रिमाल, तालिमका प्रशिक्षक मदन थिङको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*