कुलेखानी–फाखेल–फर्पिङ सडक अनिश्चितकालसम्म बन्द

बाइलाइन नेपाल
२७ चैत्र २०८०, मंगलवार ०९:३७

हेटौँडा। हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक २०८० चैत्र २७ गतेबाट बन्द हुने भएको छ ।

मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको क्रममा कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द भएको हो ।

दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गर्न लागेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द गरिएको जनाएका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्नुहुन आग्रह गरेका छन् ।

उक्त सडक खण्डको हुमाने भन्ज्याङदेखि लामा गाउँ पीपलबोटसम्म यसअघि कालोपत्रे गर्ने कार्य सम्पन्न भएकोमा दोस्रो चरणको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*