आमाको हत्या गरेको आरोपमा थाहाका गमाल पक्राउ

बाइलाइन नेपाल
१९ चैत्र २०८०, सोमबार १८:३४

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१० तल्लो बिसिङ्ग खेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादमा स्थानीय ५० वर्षिय ज्ञानीमाया गमाललाई हत्या गरेको आरोपमा २६ वर्षिय मिलन गमाललाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । घरायसी विबादको कारण कर्तव्य गरी मारेको भन्ने खुल्न आएको भन्दै प्रहरीले पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बितेको फागुन ३० गते बिसिङ्गखेलमा बस्ने ज्ञानीमाया गमालको घरको ढोका बन्द रहेको कारण स्थानियले बोलाउँदा घरको ढोका नखुलेको भन्ने खबर प्राप्त
हुना साथ इलाका प्रहरी कार्यालय चित्लाङबाट खटीएको प्रहरी टोलीले स्थानियको रोहोवरमा ढोका खोली हेर्दा मोतीमान गमालको श्रीमती ज्ञानीमाया खाटमा सुति रहेको अबस्थामा मृत फेला पारिएको थियो ।

मृतकको पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएकोमा शब आफन्तले बुझेका थिए । मृतक र घटनाको थप अनुशन्धान गर्दै जाँदा प्रविधिक खोज तथा स्थानिय समेतको अनुसन्धानबाट मृतकको छोरा मिलनले हत्या गरेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*