मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने

बाइलाइन नेपाल
१९ चैत्र २०८०, सोमबार १८:०४

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् । एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् ।

यस्तै विपक्षमा कांग्रेसको मात्रै मत जाने भएको छ । कांग्रेसको प्रदेशसभामा ३७ सांसद छन् । यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन् । १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा तटस्थ रहने भएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै भएको छलफलमा सम्बन्धित दलले मत दिने नदिनेबारे जानकारी गराएका हुन् ।

आलोपालो मुख्यमन्त्री पाउने भएपछि नेकपा एसले बागमती प्रदेश सरकार जोगाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।

यो सहमतिसँगै अब आजै नेकपा एसले विश्वासको मत दिने समझदारी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*