आगामी वर्षका लागि हेटौंडा–४ मा योजना तर्जुमा

हेटौंडा । जनताबाटै आएको सुझाव अनुसार नगरको विकासलाई अघि बढाउने उद्देश्य थालेको हेटौंडा उपमहानगरपालिकाले ४ नम्वर वडामा योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ ।
नगरवासीलाई आगामी योजनामा समावेश गराउँनका लागि आईतबार हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडामा आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरेको हो ।
वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको विकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम गरिने उपमहानगरले जनाएको छ । स्थानीय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने निति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाएको बताइएको छ ।
आउँदो बर्षका लागि बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी उपमहानगरको रहेको छ । ४ नम्बर वडामा भएको सुझाब संकलनमा स्थानियले शिक्षा, सडक ढल र वहुउद्देश्यीय भवनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए ।
हेटांैडा ४ का कमल मैनालीले मुख्य बजार क्षेत्रमा रहेको वडाको भौतिक विकास राम्रो नभएको बताए । उनले देश भरबाट आउँने मानिसहरुको नजरमा पर्ने वडाको पुर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए । सडकको पिच भत्किएको छ बनेको सडकहरुमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनको भनाई थियो । स्वास्थ्यका हिसाबले पनि वडा निकै समस्यामा रहेको भन्दै उपमहानगर र वडाको समन्वयमा यहाँ रहेका कवाडी संकलन र सवारी मर्मत केन्द्र व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
त्यस्तै हेटौंडा ४ मा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले उपहानगरले गर्ने खेलकुदको लगानी सदुपयोग नभएको बताए । उनले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादनशिल क्षेत्रमा नभएको भन्दै खेलाडी उत्पादनमा रकम खर्चन आग्रह गरे । प्रशिक्षकको व्यवस्थापन गरेर खेलाडी उत्पादन गर्न सके नगरले गरेको लगानीले सार्थकता पाउने उनको भनाई थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले समानुपातीक ढंगबाट विकासको काम गरिरहेको बताएकी छन् ।
तत्कालिन नगरक्षेत्रमा रहेका ११ वडा मध्य पछि थपिएका वडाहरुलाई बिकासको गतिमा लैजानुपर्ने अहिलेको आवश्यकता भएकाले केहि रकम पछि थपिएर उपमहानगर बनेका क्षेत्रमा गएपनि बजेट समानुपातिक ढंगबाटै बाढिएको बताइन् । बिकासको द्रिष्टीकोणले ४ नम्बर अन्य वडाको तुलनामा अव्बल रहेको भन्दै बिकासको कामलाई तदारुकताका साथ अघि बढाउन उपमहाानगरले कुनै कम्जोरी नगर्ने बताइन् । उनले आगामि आर्थिक बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी रहेको बताइन् । प्रमुख लामाले अब सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट निर्माणमा जोड दिने बताइन् ।
उनले दिगो ढंगबाट काम लाई अघि बढाउँदै लैजाने योजना रहेको भन्दै उपमहानगरको कामलाई सकारात्मक ढंगबाट बुझिदिन नगरवासीलाई आग्रह गरीन् । हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।