बागमतीमा एमालेका मन्त्रीहरु नियुक्तीको तयारी

बाइलाइन नेपाल
१६ चैत्र २०८०, शुक्रबार ०८:४४

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरु नियुक्तको लागि अन्तिम तयारी थालिदै छ । अहिलेको नयाँ सत्ता गठवन्धनका लागि बहुमत पुगेकाले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयसहित एमालेका सांसदलाई नियुक्तीको तयारी गरिएको हो ।

एमालेका तर्फबाट एसअघि एमाले सहितको गठवन्धनको समयमा मन्त्री बनेकाहरुलेनै मन्त्री पद पाउने संभावना रहेको नेताहरुले बताएका छन् । एमालेका तर्फबाट मन्त्री बन्नेहरुको नाम केन्द्रका नेताहरुले तोकेपछि मात्र मन्त्रीहरु नियुक्त गरिने भएको छ ।

सकेसम्म एकै चरणमा र नसके दुइ चरणमा गरेर एमालेका तर्फबाट मन्त्रीहरु नियुक्त गर्न लागिएको हो । अहिलेको नयाँ गठवन्धनको बागमती प्रदेश सरकारमा एकिकृत समाजवादीका तर्फबाट मन्त्रीहरु पहिले देखिनै काम गर्दै आएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट शैलेन्द्रमान बर्जाचार्य प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीका रुपमा पदभार ग्रहण गरिसकेका छन् ।

अबको दुर्इमा एमालेका तर्फबाट पनि मन्त्री नियुक्तीका लागि नाम आइसक्ने बताइएको छ । एमालेले बागमती प्रदेशमा पाँच मन्त्रालय दाबी गरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए। तर चार मन्त्रालयमा सहमति जुटाउने प्रयास भईरहेको छ ।

एमालेले पाँच मन्त्रालयमा दाबी गरिरहँदा नेकपा माओवादी केन्द्रका एक जना मन्त्रीलाई राजीनामा गराउनेगरी छलफल पनि चलिरहेको छ । तर, माओवादीका कुन् मन्त्रीलाई राजीनामा गराउने भन्ने टुङ्गो लागिसकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*