एपिएफ मकवानपुर गोल्डकप च्याम्पियन

बाइलाइन नेपाल
२७ माघ २०८०, शनिबार २०:२२

नेपाल एपिएफ फुटबल क्लबले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३-३ को बराबरी भएपछि सडन डेथमा एपिएफले बाजी मारेको हो। सडन डेथको दोस्रो पेनाल्टीमा फोडे फोफनालर निर्णायक गोल गरेका हुन्।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो। एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरे ।केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए ।  पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*