रेडक्रस दामनद्वारा पूर्वसभापतिहरुलाई सम्मान

बाइलाइन नेपाल
२७ माघ २०८०, शनिबार २०:११

थाहानगर । नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको २६ औं बार्षिक साधारणसभा भएको छ । शुक्रवार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा दामन उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो ।

उपशाखा सभापति मनश्याम बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा पूर्व सभापतिहरु बिमलकुमार विष्ट, कृष्णबहादुर विष्ट, अरुण रायमाझी, मधुसुदन रायमाझी र निवर्तमान सभापति राजकुमार केसीलाई सम्मान गरिएको थियो ।

साधारणसभाले उपशाखा सभापति मनश्याम बस्नेत, कोषाध्यक्ष यादब जंग रायमाझी, सचिव राजाराम रायमाझीले प्रस्तुत गरेको प्रतिवेदनहरु अनुमोदन गरेको छ । उपशाखा दामनका उपसभापति गीता कार्कीले स्वागत गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नंम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, जनकल्याण माबि पालुङका प्रधानाध्यापक सानोभाई कार्की, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सदस्य पिताम्बर बास्तोला, पालुङ जेसीज बर्ष २०२४ का कार्याकारिणी उपाध्यक्ष मानसिं दोङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*