स्याङ्जामा सुनिए कवि मसान उपासक

बाइलाइन नेपाल
२७ माघ २०८०, शनिबार १९:५९

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको आयोजनामा वालिङमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविताहरू वाचन गरे । उनले विकास, छाेरीकाे नाममा, तिमिसँग, साेच, देशप्रति र काजाेल खातुन् शीर्षकका कविताहरू र एउटा गजलसमेत वाचन गरे ।

त्यसपछिको क्रममा लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले कविता वाचन गरेका थिए ।

दोस्रो चरणमा कवि उपासकले पुनः ४ वटा कविता वाचन गरे । उनले जेब्राक्रसमा एकछिन, जानुअघि शहरतिर, आभास र बिरुद्धमा बिरुद्ध शीर्षकका कविताहरूका साथै २ गजलहरू वाचन गरेका थिए । उनलेे परिवर्तनका लागि फर्कनु पर्ने आवश्यकतालाई मध्य नजर गर्दै आफुहरूले फर्क अभियान सञ्चालन गरिएकाे बताए । कार्यक्रमको सहजीकरण अभियानका संस्थापक अभियन्ता मिलन समीरले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*