सहिदहरुको संघर्ष र त्यागलाई सदैव आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

बाइलाइन नेपाल
२० माघ २०८०, शनिबार १६:१२

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहिदहरुलाई एक दिन मात्र सम्झिएर उहाँहरुले देख्नुभएको सपना साकार पार्न नसकिने बताउनुएको छ । ‘सहिदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ । ’ प्रमुख शर्माले भन्नुभयो ।

नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उहाँहरुको बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताउनुभयो ।

‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले भन्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*