यादमा गुुञ्जिरहने सपनाहरु

रुसिल निधी नेपाल
१३ माघ २०८०, शनिबार ०८:२३
लेखक

पातहरु झरिरहेका थिए । पातहरुले झर्नुको आफ्नो सौन्दर्य नदेखाउने कुरा त हुँदै भएन् । मनहरु एक तमासका थिए । कता रुकेको छु म यो विदेशी भूमिमा । मनहरु तम्तमाइदा भइरहेका थिए । घर सम्झिएर । ममी र सानीको विगतमा घोत्लन मन लाग्यो । सानैदेखि सुन्दै आएको थिएँ । तेरी आमा र सानीमालाई कसले चिन्दैन र । सुनेको मात्र भरमा पत्याएको थिइन् । तर एकदिन नातेदार आन्टी घरमा आएर कुरा गर्दा गर्दै मैले सोफीलाई चिनेको छु नि । उसको नृत्यलाई मैले खुब हेर्ने गर्थे । उसले जस्तै नृत्य गर्न मन नभएको कहाँ हो र मलाई पनि तर आफुु परियो नाच्न नजानको मान्छे । हाँस्नै मामु्ले भन्नुभयो– मै त हो सोफी । बाहिर कोठामा ममी र आन्टी पेट दुख्ने गरी हास्न थालेँ । अनि यहाँभित्र मैले बल्ल पत्याएकी मामुहरुलाई अनुहारले नचिने पनि नाम चाहि चलेकै रहेछ । आखिर को हुन त सोफी र मिक्की । मलाई फेरि सोच्न मन लाग्यो । र धेरै वर्ष अघि पुरानो सहर कलैयाका गल्लीहरुमा हराउन थाले ।

सोफी र मिक्की को होलाने भन्ने लाग्ला तपाईँहरुलाई । उनीहरु सोभना र रोश्ना सम्बन्धमा दिदीबहिनी । अझैँ घरकी जेठी र माइली छोरीहरु । खुब मिल्ने कदमकदाचित झगडा प¥यो भने परिवार र गाउँ नै अचम्ममा पथ्र्यो । सोफीको बाल्यकाल अझैं रमाइलो थियो । सुरुवाती दिनहरु कलकत्तामा हजुरबा, हजुरआमा, मामा माइजु र सानीमासँग भारतका गल्लीहरुमा खेल्दै कुर्दै नौ वर्ष बिताइन । उनलाई सानैदेखि भारतीय चलचित्र र नाचगानमा निकै चाख थियो । आज पनि उनको स्मृतिमा कलकताको क्वाटरको छेउमा बस्ने दाइले बजाएको किशोरकुमारको गाना उसै गरी गुन्जिरहन्छ । भवित्वमा परेर हजुरबाको निधनले कलकत्ता छाडेर सबै कलैया फर्कनुपरो । नेपाल फर्केपछि सोफीले बहिनीको रुपमा साथी पाइन् । दिदी नाचेको, उनको गीत संगीतप्रतिको प्रेम नृत्यप्रतिको लगव देखेर मैले पनि नाच्न सिकेको मिक्की भन्छिन् । एकदिन घरमा आफन्त आउँदा सोफी सँगसँगै मिक्की पनि नाचिन । सबै जना मिक्कीको नृत्य देखेर अचम्ति भएँ । प्रशंसाको पोको दाजुले मिक्की तिमी त राम्रो नाच्दोरहेछौँ भनिरहँदा उनको भूँइमा खुट्टा रहेन् ।

जीवनमा जे हुन्छ । समय संयोगको अधिनमा हुन्छ भनेझैँ एक साल दसैंको महानवनीको राती उनीहरुको ठूलो बुबाको छोराले घरको ढोका ढकढकाउँछन् र भन्छन् आन्टी राजदेवी मीन्दरमा नाचगान हुुँदैछ । मैले मिक्कीलाई ल्याउँछु भनेको छु । यसो पटुकीसटुकी बाँधेर छिटो तयार गर्दिनु । नाइ भन्न नसकीनसकी ममीले मिक्कीलाई तयार पारिदिनु भयो । लगभग सात आठ वर्षकी बच्ची घरबाट मिक्की बनेर निस्की र फर्कदा प्रख्यात नृत्यांगना बनेर फर्की। सोफी त नृत्यमा यसै प्रख्यात हुँदै थिइन् । अब मिक्की पनि उही रुपमा आइपुगिन् । यसपछि जीवनमा परिवर्तनका रेखाहरु देखिन थाले । दिदी बहिनीको नृत्य हेरेर उनीहरुले चर्चित कलैयाको क्लबमा नाच्ने मौका पाएँ । एक कार्यक्रममा आयोजकले उनीहरुलाई उबेला निकै चलेको हिँन्दी गाना–मै से मिना से न साकिसे।… मा नाँच्न लगाए । जसरी हरेक पुरानो फिल्ममा हेलेनको नाच अनिवार्य थियो । त्यसरी नै दिदीबहिनीको प्रस्तुती पनि अनिवार्य गरियो । त्यति मात्र नभएर कलैयाका नागरिकहरुले श्रीदेवी र माधुरी भनेर नाम दिए ।

त्यसपछिका दिनहरुमा जनकपुर, वीरगंजलगायत देखका विभिन्न ठाउँमा उनीहरुको खोजी अनिवार्य भयो । त्यतिमात्रै हैन उनीहरु जहाँ जान्थे खाली हात कहिले फर्कनु परेन् । त्यसको परिणम स्वरुप सोफीलाई फिल्ममा अफर गरियो । उनले ज्वाला चलचित्रमा राजेश हमालको बहिनीको भूमिका निर्वाह गर्ने मौका पाइनँ । साथमा बहिनी मिक्कीले फिल्ममा होलीको गीतमा नाचने माौका पाइन् । यसैको दौरान जीवनमा कोही अनिवार्य मान्छेको अनिवार्य उपस्थिति भयो । सोफीको जिन्दगीमा ठूूलै परिवर्तन आयो । उनी विवाह बन्धनमा बाधिइन । सोफीले आफ्ना रहरलाई निरन्तरता दिन सकिनन् भने मिक्कीले आफ्नो रहरको उडान भरिरहिन केही वर्षसम्म ।

समयको चक्र सधैँ आफ्नो हातमा नहुने रहेछ । स्टेज, माइक, बाध्यवान, आदिसँगको संगतमा हिँडिरहेको जीवन विवाह बन्धनमा परेपछि परिवर्तन देखिनु स्वभाविक थियो । नेपाली भूमि मधेशको माटो तर मन भने उही अलकायागमी, कुमार सानु लतामगेशसक र आशा भोसलेका गीतहरुमा मग्न हुने । नृत्यप्रति अचम्मका रस लिएर जन्मेका थिए यी दिदीबहिनी । करिब तीस पैतिस वर्ष अगाडि कलैया वीगंजमा तहल्का मच्चाएका यिनीहरुको मनमा आज पनि असी नब्बे दशकको गाना र नृत्यप्रतिको लगावमा कति पनि कमि आएको छैन् । मनको कुनामा अझ पनि ती मञ्चमा नाच्ने नृत्यागंना जीवितै छन् । वैवाहिक सम्बन्ध आमा हुनको कर्तव्य र व्यवहारिक जीवनको आरोह अवरोहसँग लड्दै गर्दा थाहै नपाइ कताकता संगीत र नृत्यसँगको मित्रता उनीहरुको जीवनबाट धमिलिदै गएछ ।

पहिले जस्तै सधैँ नाचगान गर्न नपाए पनि गाना बज्ने बित्तिकै आज पनि उनीहरुका खुट्टाका औलाहरु आफैं सलवलाउन थाल्छन् । हातका औलाहरुले एक अर्कासँग पौढेजोरी खेल्छन् । समय सधैँ एकैनासको सरहँदैन भनेर आज आफ्ना दिनहरु याद गर्दै सोफी काठमाडौँ र मिक्की अमेरिकामा आफेना घरगृहस्थी सम्हाल्दै मनलाई सम्झाउँदै बसेका छन् । मौका मिले अझै पनि गाइन्थ्यो नाचिन्थ्यो होला भन्दै आफूसँग गुनासो पोख्छने तर अनुहारमा मुस्कान भने कहिले बिर्सदैनन् । कुनै दिन ठूलो मञ्चमा गएर आफेनो नृत्य संसार सामुु पुयाउने कामलाई हामी कहिले तिलाञ्जली दिदैनौ दिदीबहिनीकै रहर छ ।

आज मिक्की मामु घर गृहस्थी बच्चाका हेरचार घरको केयर अफिसको टेन्सन लत्ताकपडा सँगको गुनासो आदि इत्यादीमा अल्झिरहेको देख्दा । मामुले घर, व्यवहार जिन्दगीका आयामहरु सुनाइरहँदा लाग्छ के यिनीहरुको सपना यही सम्म मात्रै थियो त ? म उनीहरुको हिजोको सपनालाई आज कसरी न्याय गर्न सक्छु सोचिरहन्छु । सोचिरहन्छु । पातहरु फेरि पनि झरिरहन्छने । नेपथ्यमा बजिरहन्छ
लुकाछुपी बहुत हुइ सामुने आ जाना
कहाँ कहाँ ढुडा तुज्ये थक गइ हे अब तेरी मा …

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*