यस्तो छ दसैँमा टिका लगाउँदा भन्ने आशीर्वाद मन्त्र

बाइलाइन नेपाल
७ कार्तिक २०८०, मंगलवार ०७:०७

परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।

लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र :

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

स्त्रीलाई आशीर्वाद दिने मन्त्र

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।
रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।
ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

अर्थात् तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् । जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् ।
सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी ! तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी ! तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*