यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बाइलाइन नेपाल
६ कार्तिक २०८०, सोमबार ०७:३२

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

सोमबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*