मकवानपुरमा ६ अर्ब ६० करोड राजस्व असुली

बाइलाइन नेपाल
४ कार्तिक २०८०, शनिबार ०७:४९

आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु ६ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ  तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ ।

यसैगरी, आयकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ ।  दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा ६ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत रु सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा रु ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*