अञ्जनको कीर्तिमानी गोलसँगै नेपाल र लाओस बराबरी

बाइलाइन नेपाल
२६ आश्विन २०८०, शुक्रबार ०८:१२

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले एक एक गोलको बराबरी खेलेका छन्।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाएको थियो। खेलमा लाओसका कप्तान बुङकोङले ३३ मिनेटमा गोल गर्दा घरेलु दर्शक स्तब्ध बनेका थिए।

तर दोस्रो हाफमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गोल गर्दै नेपालको हार टारे। उनले बराबरी गोलसँगै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका छन्।अञ्जनले खेलको ४९ मिनेटमा गोल गरेका थिए।

अञ्जनले ९ वर्ष राष्ट्रिय टिमबाट खेल्दा १३ गोल गरेका हुन्। उनले हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबरी गर्न सफल भए।अब नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*