कमजोर बन्दै मनसुन,हल्का वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।