पर्यटकीय नगर थाहामा फिल्म फेस्टिबल हुने
हेटौडा । उत्तरी मकवानपरको पर्यटकीय नगरी थाहा नगरमा थाहा फिल्म फेस्टिबल हुने भएको छ। हेटौडामा पत्रकार सम्मेलनमा गर्दै आगामी मंसीर ९ देखि १५ गतेसम्म एकसाता फिल्म फेस्टिबल हुने भएको हो ।
प्रकृतिक सम्पदाको धनी पर्यटकीय नगरी थाहामा फेस्टिबलमार्फत् पर्यटकीय क्षेत्रको विकाससँगै चलचित्रको छायाकङ्नका लागि उपयुक्त रहेको देखाउन फिल्म मेकरहरुलाई घुुमाउने उद्देश्यले आयोजना गरिएको आयोजक थाहा कला केन्द्रले जनाएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन र फिल्मि हब बनाउने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । महोत्सवमा नेपालका चर्चित कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने उनले बताए । फेस्टिबलमा सन्देशमुलक चलचित्र, लघु चलचित्र (डकुमेन्ट्री), म्युजिक भिडियो, भ्लग लगायतको प्रदर्शन हुने र नगरपालिका क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउने जोशीले बताए ।
थाहा कला केन्द्रले आयोजना, बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको आर्थिक सहयोगमा हुने फिल्म फेस्टिबलमा पर्यटकीय क्षेत्रको पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मी र पर्यटन सँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरुलाई उक्त स्थानको अवलोकन गराई छलफल अन्तरक्रिया समेत हुने थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिए।
कार्यक्रममा थाहा नगर ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र राइमाझी, फेस्टिबलको उपसंयोजक राजिवकुमार स्याङतान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्का, थाहा नगरपालिका रोजगार शाखा प्रमुख कुमार नेगी, प्रेस संयोजक शम्भु अधिकारीलगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

बाइलाइन नेपाल











