काठमाडौं–रक्सौल रेलमार्ग मकवानपुर हुँदै
हेटौंडा । निर्माण हुने् चर्चामा रहेको काठमाडौं– रक्सौल रेल मार्गको रुट तय भएको छ । भारत सरकारले पठाएको रेल मार्ग निर्माणका लागि लोकेशन सर्भे प्रतिवेदन माथि नेपाल सरकारले अध्ययन सुरु गरेको छ ।
प्रतिवेद अनुसार उक्त रेलमार्ग मकवानपुर हुँदै निर्माण हुुने जनाइएको छ । रक्सौलबाट पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै काठमाडौंको सतिखेल भएर खोकनासम्म रेलमार्ग ल्याउन प्रस्ताव गरिएको छ । यो रेलमार्गलाई चोभारमा बनेको सुख्खा बन्दगाहमा जोड्ने योजना छ ।
भारतले दिएको प्रतिवेदनअनुसार रेलमार्ग १४०.७९ किलोमिटरको हुने छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराल कुल लम्बाइमध्ये ४१ किलोमिटर खण्डको रेल सुरुङभित्र गुडाउनुपर्ने देखिएको बताउँछन् । बाँकी खण्डको रेल जमिनमाथिकै सतहमा रहने छ ।
महानिर्देशक बिसुरालका अनुसार रेलमार्गमा १२२ वटा साना पुलहरु बनाउनुपर्ने छ र १०१ वटा ठूला पुलहरु पनि निर्माण गर्नुपर्नेछ । १८ वटा जटिल प्रकृतिका लामा पुलहरु बनाउनुपर्ने महानिर्देशक बिसुरालले बताए । तिनै पुलमाथि रेल्वे ट्रयाक रहनेछन् । रेलमार्गमा १२ वटा स्टेसन रहने छ । यसमा दैनिक ६र६ वटा यात्रुबाहक रेलहरु चलाउन सकिनेछ ।
यो रेलमार्ग निर्माणका लागि करिब ३ खर्ब ८२ अर्ब रूपैयाँ ९२ खर्ब ३९ अर्ब भारतीय रुपैयाँ० बराबर खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । सिभिल निर्माणबाहेकका थप खर्चहरु पनि हुने भएकाले रेलमार्गको लागत ४ खर्बभन्दा बढी हुनेछ । सरकारले जग्गाको मुआब्जा र क्षतिपूर्तिमा गनुपर्ने खर्च यसमा समावेश छैन ।
प्रतिवेदनले रेलमार्ग निर्माणका लागि १४ सय ७८ हेक्टर जमिन उपयोग हुनेछ । ७४० जंगल हेक्टर क्षेत्रफल सरकारी तथा सामुदायिक वनहरुमा पर्छ भने ५८० हेक्टर क्षेत्रफल निजीजमिन अधिग्रहण गर्नुपर्छ । करिब १५० हेक्टर सरकारी जमिनको उपयोग गनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

बाइलाइन नेपाल











