रक्त क्यान्सरबाट पीडित युवाको उपचारको लागि अपिल

राजकुमार केसी
१ श्रावण २०८०, सोमबार २०:३३

हेटौंडा । रक्त क्यान्सरबाट पीडित मकवानपुरगढी गाउँपालिका –४ का १८ वर्षिय दिरुसम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका स्याङतानको विगत १ महिनादेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
सामान्य रोजगारीको शिलशिलामा वीरगञ्जका कार्यरत बिरामीका पिता दिनेशकुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाखसम्म लाग्ने अस्पताल प्रशासनले बताएको र उक्त रकम आफुले व्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्तलगायत सहयोगी मनहरुलाई अनुरोध गरे ।

हुर्केको छोरालाई रक्त क्यान्सर भएर उपचारमा लाग्नुपर्दा भएको रकमहरु पनि सकिएकोले छोराको उपचारको लागि सहयोग गरिदिन बिरामीको आमा रुपा स्याङतानले सबैलाई अनुरोध गरिन् ।

स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभावहरुले दिनेशकुमार स्याङ्तानको सिद्धार्थ बैंकमा रहेका खाता नं. ००२१७५६९३५० मा रकम जम्मा गरिदिनुहुन र थप जानकारी लिन परे बिरामीको बाबुको मोबाइल नम्बर ९८४५७७३९१ मा ह्वाट्सअप तथा भारतको नम्बर९१७७०३८०१७७०मा सम्पर्क गर्न स्थानीय नवराज पख्रिनले नुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*