विपक्षीको माग सम्बोधन भएपछि बागमतीको बजेट पारित

बाइलाइन नेपाल
२१ असार २०८०, बिहीबार २०:१०

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ । आज भएको प्रदेशसभा बैठकले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट पास गरेको हो ।

बजेटको सन्दर्भमा असार १२ गतेबाट भएको छलफल दुई दिनको सदन अवरुद्धसँगै असार १७ बाट नियमित छलफल भएको थियो ।

बजेटलाई जनमुखी नबनाइएको, प्रतिपक्ष दलहरुलाई निषेध गरिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले दुई दिनसम्म सदन अवरुद्ध गरेका थिए । त्यसपछि सरकारले प्रतिपक्ष दलको छुटेका योजनालाई समावेश गर्ने सहमति गरेपछि असार १७ बाट बैठक नियमित सञ्चालन भएको थियो ।

बजेटको विषयमा प्रदेशका ५४ जना प्रदेशसभा सदस्यले टिप्पणी गरेका थिए । बजेटमाथि टिप्पणी गरेका प्रदेशसभा सदस्यको सवालको जिज्ञासा प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीले दिएका थिए । बजेट संशोधन हुनुपर्ने माग राख्दै ९ जना प्रदेशसभा सदस्यले प्रस्तावसमेत हालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*