बकैयामा करेन्ट लागेर दुई जनाको ज्यान गयो

बाइलाइन नेपाल
३२ जेष्ठ २०८०, बिहीबार ०७:१८

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका छन् ।

बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय खर्कबहादुर र पूर्णबहादुर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*