आजदेखि प्रि बजेटका बारेमा छलफल सुरु हुने

बाइलाइन नेपाल
२५ बैशाख २०८०, सोमबार ०६:५४

आजदेखि तीन दिनसम्म प्रि बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।

जसअनुसार वैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरू यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*