रियलले जित्यो कोपा डेल रे

एजेन्सी
२४ बैशाख २०८०, आईतवार ०७:२४

रोड्रिगोको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार ओसासुनालाई फाइनलमा २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । रियलले नौ वर्षको लामो प्रतीक्षापछि स्पेनी कप जितेको हो । समग्रमा उसले यो उपाधि जितेको २० पल्ट हो ।

ओसासुनाले अहिलेसम्म क्लब इतिहासमै कुनै ठूलो उपाधि जितेको छैन र यसपल्ट पनि कार्लो एन्सेलोटीको टिम सामु उसको चुनौती बलियो रहन सकेन । रोड्रिगोले दोस्रो मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

क्लब इतिहासमै दोस्रोपल्ट फाइनल खेलिरहेको ओसासुनाका लागि लुकास टोरोले बराबरी गोल फर्काए । तर खेलको ७० औं मिनेटमा रोड्रिगोले गरेको दोस्रो गोल निर्णायक रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*